निषेधाज्ञामा चार्टड र उद्धार उडान नरोकिने काठमाडौं। सरकारले सोमबार रातीदेखि लागू हुने गरेर आन्तरिक उडान राकेको छ। यस्तै, यही वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान पनि रोक्ने निर्णय सरकारले गरिसकेको छ। यद्यपी, निषेधाज्ञामा चार्टड तथा उद्धार उडान भने नरोकिने भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उद्धार र चार्टड उडान नरोकिने बताएको हो। यसैगरी, यस अवधिमा सातामा दुई दिन भारत उडान हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्