अर्थव्यवस्था नियन्त्रणमा राख्न आरबीआईको ‘राहत प्याकेज’
एजेन्सी। भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले अर्थतन्त्र नियन्त्रणमा राख्न महत्वपूर्ण घोषणा गरेको छ। गर्भनर शक्तिकान्त दासले महामारीको समयमा भारतको अर्थतन्त्रलाई बिग्रन नदिन रातह प्याकेजको घोषणा गरेका हुन्। जसमा ५० हजार करोड भारुको हेल्थ केयर कोष पनि सामेल छ। यसैगरी, आरबीआईले अब अस्पतालको सुविधा थपका लागि अतिरिक्त कर्जा दिने र साना कारोबारीलाई सहुलियतपूर्ण ऋण दिने छ।
प्रतिक्रिया दिनुहोस्