भारतबाट आउनेलाई राख्न पर्यटन मन्त्रालयले तोक्यो आठ होटल काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतबाट नेपाल आउने यात्रुलाई क्वारेन्टिनमा राख्नका लागि आठ होटललाई सूचीकृत गरेको छ। भारतबाट हवाई उडानमार्फत आउने यात्रुलाई १० दिन अनिवार्य क्वारेन्टिनमा राख्नका लागि मन्त्रालयले सूचीकृत गरेको होटलहरुमा भ्यू भृकुटी, माधव होटेल, एयरर्पोट होटेल, अमादब्लम होटेल, रिडर्स इन र आनन्द आश्रम तथा जगातीस्थित फार्म हाउस रिर्सोट र ए-वान रिर्सोट छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्