कृषि मन्त्रालयको बजेट- अनुदानमा वार्षिक १६ अर्ब खर्च काठमाडौं। कृषि तथा पशुपंछि मन्त्रालयको सबैभन्दा बढी खर्च अनुदानमा हुने गरेको मन्त्रालयले बताएको छ। प्रवक्ता हरिबहादुर केसीले रसायनिक मलमा ११ अर्ब, कृषि/कृषक बीमामा डेढ अर्ब, उँखुमा एक अर्ब गरेर अनुदानमा मात्रै १६ अर्ब हाराहारीमा खर्च हुने बताएका छन्। यो रकम निवेदन दिएर लिने नभइ काम गरेको आधारमा जाने भएकाले उचित रकम भएको उनले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्