सेयर बजारमा १२ अंकको गिरावट
काठमाडौं। साताको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२ अंकले घटेको छ। कारोबार सुरु भएदेखि घट्न थालेको नेप्से अन्तिम समयसम्म घटेर २६ सय ३७ अंकमा आएर रोकिएको छ। यस क्रममा आज ६ अर्ब ८१ करोड रूपैयाँ बराबरको कारोबार हुँदा तीन समूहबाहेक सबै समूह ओरालो लागेका छन्।
प्रतिक्रिया दिनुहोस्