भारतमा कोरोनाका कारण २३ करोड मानिसमा प्रत्यक्ष आर्थिक असर
एजेन्सी। कोरोनाका कारण गरिएको लकडाउनले भारतमा २३ करोड मानिसको आर्थिक अवस्था खस्कन पुगेको अध्ययनले देखाएको छ। महामारीका कारण मानिसको आम्दानी प्राथमिकस्तरको तहबाट मुनि झरेको हो। गत वर्ष अप्रिल-मेमा गरिएको लकडाउनपछि १० करोडले रोजगारी गुमाएको 'स्टेट अफ वर्किङ इन्डिया' नामक संस्थाले बताएको छ। २०२० को अन्त्यसम्म डेढ करोडले जीवनयापनका लागि कुनै काम पाउन नसकेको संस्थाले बताएको छ।
प्रतिक्रिया दिनुहोस्