एभरेष्ट बैंकको घर किस्ता योजना, मासिक ९ हजार मात्रै  किस्ता तिर्ने गरी ऋण पाइने
काठमाडौं । एभरेष्ट बैंकले मध्यम वर्गीय तथा निम्न वर्गीय परिवारलाई लक्षित गर्दै होम लोन स्कीम सार्वजनिक गरेको छ ।

बैंकले ‘घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नै घरको किस्ता बुझाउँ’ भन्ने नारासहित न्यूनतम सरल मासिक किस्ता ९ हजार ३६३ रूपैयाँ सहितको होम लोन स्किम ल्याएको हो ।

बैंकले यस योजना अन्तर्गत १० लाख रूपैयाँदेखि ४० लाख रूपैयाँसम्म ऋण दिनेछ । १० लाख रूपैयाँ ऋण लिनेले मासिक किस्ता ९ हजार ३६३ रूपैयाँ तिर्नुपर्छ ।

त्यसैगरी, २० लाख रूपैयाँ ऋण  लिँदा १८ हजार ७२७ रूपैयाँ र ४० लाख रूपैयाँ ऋण लिँदा ३७ हजार ५५४ रूपैयाँ मासिक किस्ता तिर्नुपर्ने बैंकले बताएकाे छ ।

यस स्किम अन्तर्गत ग्राहकहरूले सर्भिस चार्जमा २५ प्रतिशत विशेष छुट तथा २५ वर्षसम्मका लागि ऋण पाउँनेछन् ।

एभरेष्ट बैंकले हाल आफ्ना ९५ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १ सय २२ एटिएम तथा बृहत बाह्य सञ्जाल मार्फत सेवाहरु प्रदान गर्दै आएको बैंकले बताएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्