एक वर्षमा माछामा आत्मनिर्भर बन्ने लक्ष्य काठमाडौं। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी वर्षभित्र माछामा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ। मन्त्रालयले बजेटमा माछा उत्पादनलाई प्राथमिकता दिँदै बजेट बनाएको छ। यसअनुसार माछाका भुरा उत्पादन र पोखरी खन्ने कामलाई प्राथमिकता दिने प्रवक्ता हरिबहादुर केसीले बताए। हाल नेपालमा हुने कुल खपतको ८ प्रतिशत माछा विदेशबाट आउने गरेको उनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्