दश सरकारी निकायको स्थिर सम्पत्ति २ खर्ब ४० अर्ब १८ करोड ५१ लाख काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालय लगायतका १० सरकारी निकायको स्थिर सम्पत्ति २ खर्ब ४० अर्ब १८ करोड ५१ लाख रहेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयको अध्ययनले उक्त सम्पत्ति देखाएको हो। महालेखाले अध्ययनका क्रममा ४४ सरकारी निकायसँग जानकारी मागेपछि १० निकायले मात्र सम्पत्ति विवरण दिएका थिए। देशभर १ हजार ६८६ सरकारी कार्यालय छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्