अप्रिलमा बढ्यो चीनको निकासी
काठमाडौं। अप्रिल महिनामा चीनको निकासी दोहोरो अंकले बढेको छ। अमेरिकासहित विश्वका अन्य मुलुकमा हुने निर्यातमा सुधार आएको हो। विश्वभर कोरोना संक्रमणको दोस्रो लहर फैलिँदा उपभोग्य वस्तुको माग बढेपछि चीनको निकासी सुध्रिएको बताइएको छ। तथ्यांकअनुसार अप्रिलमा चीनले २६३.९ अर्ब डलरको निकासी गरेको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा ३२.३ प्रतिशतको सुधार हो।
प्रतिक्रिया दिनुहोस्