वैशाख १५ सम्म वैध भिसा भएका विदेशीसँग बिलम्ब शुल्क नलिइने
काठमाडौं। अध्यागमन विभागले वैशाख १५ गतेसम्मको भीसा भई निषेधाज्ञाका कारण स्वदेश फर्कन नपाएका विदेशीसँग बिलम्ब भीसा शुल्क नलिने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय हवाई उडान सुचारु भएको मितिदेखि सात दिनभित्र नेपालबाट प्रस्थान गर्नेसँग मात्र यस्तो शुल्न नलिइने विभागले जनाएको हो। यस्तै सोही मितिसम्म भिसा भएका तर भिसा थपेर नेपाल बस्न चाहनेहरुसँग पनि बिलम्ब शुल्क नलिइने विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्