अफगानिस्तानसँग ६१ लाख व्यापार घाटा
काठमाडौं। वैदेशिक व्यापारमा नेपालले अफगानिस्तानसँग पनि घाटा व्यहोरेको छ। चालू आर्थिक वर्ष २०७७/७८ को नौ महिनाको तथ्यांकअनुसार नेपालले ६१ लाख रुपैयाँ घाटा ब्यहोरेको हो। यस अवधिमा अफगानिस्तानबाट ६१ लाख १६ हजार रुपैयाँको आयात भएको छ। यस्तै नेपालबाट १२ हजार रुपैयाँको मात्रै निर्यात भएको छ।
प्रतिक्रिया दिनुहोस्