दक्षिण अफ्रिकामा भारतीय सवारीसाधनको माग अधिक एजेन्सी। दक्षिण अफ्रिकाले २०२० मा सबैभन्दा बढी सवारीसाधन भारतबाट आयात गरेको छ। दक्षिण अफ्रिकाको अटोमोटिभ इन्डस्ट्री एक्सपर्ट काउन्सिलको नयाँ रिपोर्टमा यो जानकारी दिएको हो।रिपोर्टमा भारतलाई हल्का सवारी निर्माणमा माथिल्लो श्रेणीमा राख्दै प्रमुख केन्द्रका रुपमा उल्लेख गरिएको छ।दक्षिण अफ्रिकाले २०२० मा भारतबाट ८७ हजार ९५३ (कुल आयातको ४३.२ प्रतिशत) वटा वाहन आयात गर्‍यो। दक्षिण अफ्रिकामा बढी मात्रामा पिकअप भ्यान मन पराइन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्