नौ महिनामा ३५ करोडभन्दा बढीको राइस कुकुर भित्रियो काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा विभिन्न देशबाट ३५ करोड ९ लाख ८० हजार रुपैयाँको राइस कुकुर भित्रिएको छ। भन्सार विभागका अनुसार २०७७ साउन देखि चैत मसान्तसम्मको अवधिमा सो मूल्य बराबरको राइस कुकुर नेपाल भित्रिएका हुन्। सो अवधिमा ३ लाख ५५ हजार ६ सय ८८ थान राइस कुकुर विभिन्न देशबाट नेपाल भित्रिएको देखिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्