तरकारीको माग ५० प्रतिशत घट्यो
काठमाडौं। निषेधाज्ञाको समयमा काठमाडौं उपत्यकामा तरकारीको माग ५० प्रतिशतले घटेको छ। कालिमाटी फलफूल तथा तरकारी बजारका अनुसार तरकारीको माग ह्वात्तै घटेको हो। लकडाउनअघि सामान्य अवस्थामा बजारमा दैनिक ९०० टन तरकारी आउने गथ्र्यो। तर, कोरोनाको दोस्रो लहरको नियन्त्रण गर्न वैशाख १६ देखि निषेधाज्ञा गरेसँगै दैनिक ५०० टन हाराहारीमा मात्रै तरकारी ल्याउन लागिएको छ।
प्रतिक्रिया दिनुहोस्