विशाल बजारको सेयर बेच्न चाहनेको भीड काठमाडौं। विशाल बजार कम्पनीको सेयर बेच्न चाहनेको भीड लागेको छ। कम्पनीको सेयर मूल्य १० प्रतिशत घटेसँगै बेच्न चाहनेको भीड लागेको हो। आजै ६७१ रुपैयाँ घटेर प्रतिकित्ता ६ हजार ४५ रुपैयाँमा आइपुगेको छ। सेयर मूल्य घटेपछि बेच्न चाहनेहरु बढी भएपनि किन्न चाहने कोही छैनन्। अहिले २ बजेर २० मिनेट जाँदासम्म कम्पनीको १ लाख ७५ हजार कित्ता सेयर बेच्न राखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्