कोरोना संक्रमित बढेपछि नेपालमा धमाधम यात्रा प्रतिबन्ध काठमाडौं। कोरोनाको दोस्रो लहर बढेपछि विदेशी मुलुकहरुले नेपालमाथि यात्रा प्रतिबन्ध लगाउन थालेका छन्। मलेसियाले नेपालसहित दक्षिण एसियाका अन्य तीन मुलुकमाथि यात्रामा प्रतिबन्ध लगाएको केही दिनपछि बेलायतले पनि यस्तै घोषणा गरेको छ। बेलायतले यही १७ मेदेखि लागू हुने गरी नेपालबाट हुने यात्रामा प्रतिबन्धको घोषणा गरिसकेको छ। यसैगरी, जापानले नेपालबाट आउने यात्रुहरुलाई निगरानी गर्ने बताइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्