५४ प्रतिशतले बढ्यो हिमालयन डिस्टिलरीको नाफा काठमाडौं। हिमालयन डिस्टिलरी (एचडीएल) को मुनाफा यस आर्थिक बर्षको ९ महिनामा ५३.८९ प्रतिशतले बढेको छ। गत वर्षको यहिअवधिमा कम्पनीले ४३ करोड ७१ लाख रुपैयाँ कमाएको थियो। यस वर्षको ९ महिनामा बढेर ६७ करोड २७ लाख रुपैयाँ पुगेको छ। यसैगरी, चैत मसान्सम्म तीन अर्ब ८९ करोडको कम्पनीले कारोबार गरेको छ। जुन, अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले बढेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्