काठमाडौं। प्रादेशिक लगानी साझेदारी मञ्च स्थापनाको गृहकार्य शुरू भएको छ।
नेपाल उद्योग परिसंघ र समुन्नति अर्थात् इकोनोमी पोलिसी इंकुबाटर (इपीआई)ले निजी क्षेत्रका अन्य संस्थाहरू समेतको समन्वयमा मञ्च स्थापना गर्न सहकार्य गर्ने भएको छ।
परिसंघमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोर र समुन्नतिका प्रमुख डा. शंकर शर्माले समझदारी पत्रमा हस्ताक्षर गरे।
कार्यक्रममा परिसंघका अध्यक्ष मोरले प्रदेशहरूले अघि सारेका अवसर र सम्भावनाहरूलाई पहिल्याउँदै समग्र लगानीको वातावरण बनाउन यो सहकार्य महत्वपूर्ण रहने बताए।
यस्तै, परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले परिसंघले आयोजना गरेको तेस्रो पूर्वाधार सम्मेलनमा प्रदेश सरकारहरूले देखाएको उत्साहपूर्ण सहभागिता र प्रतिवद्धतालाई महत्व दिँदै त्यसलाई अघि बढाउने क्रममा परिसंघले समुन्नतिसँग सहकार्य अघि बढाएको उल्लेख गरे।
समुन्नतिका प्रमुख डा. शर्माले प्रदेश तहमा लगानी विस्तार गर्न सार्वजनिक निजी संवादलाई सघन बनाउन यो समझदारीले योगदान दिने बताए।
समझादारी अनुसार, लगानी प्रवर्द्धनमा प्रदेश सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य गर्न समन्वय गर्ने छन्। समझदारीपत्रमा उद्योगी तथा लगानीकर्ताका लागि प्रदेशस्तरमा सघन संवाद तथा सहज सूचना र जानकारी उपलब्ध गराउने उल्लेख छ।
यसका साथै, निजी क्षेत्रसँग प्रादेशिक विकास रणनीति र कार्यक्रमबारे नियमित संवाद गर्ने, लगानीकर्ता र प्रदेश सरकारबीच समन्वय गराउने, उद्योग व्यापार, लगानी तथा विकास निर्माण सम्बन्धी कानून निर्माणको चरणमा रहेकाले त्यस सम्बन्धमा निजी क्षेत्रले सघन छलफल गर्ने लगायतका सहकार्य गर्ने सम्झौता भएको छ।