स्टार स्पोर्ट्सले दियो विज्ञापनदातालाई राहत
एजेन्सी। कोरोना संक्रमणका कारण बीचमै स्थगित भएको १४औं आईपीएल क्रिकेट प्रतियोगिताका विज्ञापनदातालाई अहिलेसम्म खेलिएको प्रतिस्पर्धाको मात्रै रकम तिर्ने छुट स्टार स्पोर्ट्सले दिएको छ। स्टारले आईपीएलको टेलिभिजन तथा डिजिटल अधिकार २०१८–२२ का लागि १६,३४८ करोड भारुमा खरिद गरेको थियो। स्टारले ६० म्याचको प्रतियोगिताका लागि प्रतिम्याच ५४.५ करोड दिने सहमति गरेको थियो। स्टारले १४औं आईपीएलको प्रशारित हुने म्याचको ‘स्लट’विज्ञापादाताहरुलाई बेचेको थियो।
प्रतिक्रिया दिनुहोस्