खुद्रा व्यापारमा रिलायन्सको उच्च छलाङ
एजेन्सी। डेलायटको रिपोर्टअनुसार भारतीय अर्बपति मुकेश अम्बानीको रिलायन्स रिटेल लिमिटेड २०२१ मा संसारकै सबैभन्दा तीव्र उन्नति गर्ने खुद्रा बिक्रेता कम्पनी बन्न सफल भएको छ। डेलायटको ‘ग्लोबल पावर्स अफ रिटेलिङ’ सूचीमा अब रिलायन्सको स्थान ५३औंमा उक्लिएको छ। यसअघि रिलायन्स ५६ नम्बरमा थियो। खुद्रा बिक्रेताको यो सूचीमा अमेरिकाको वालमार्ट इन्क शीर्ष स्थानमा छ। अमेजन डटकम इन्क दोस्रो नम्बरमा छ।
प्रतिक्रिया दिनुहोस्