बहराइनका राजकुमारले चढे सगरमाथा
काठमाडौं। बहराइनका राजकुमारले विश्वको शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका छन्। ३३ वर्षीय राजकुमार शेख नसिद बिन हमाद अल खालीफाले आज बिहान सगरमाथा चढेका हुन्। उनले आज बिहान ५ बजेर ३० मिनेटमा सगरमाथाको शिखर चुमेको बताइएको छ। उनी सगरमाथाको शिखर चुम्ने पहिलो बहराइनी भएको बताइएको छ। यतिबेला उनी सगरमाथाबाट ओर्लनेक्रममा छन्।
प्रतिक्रिया दिनुहोस्