दुई फार्मेसीलाई २०/२० हजार कारबाही काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले धरानका दुई फार्मेसीलाई कारबाही गरेको छ। विभागको टोलीले बजार अनुगमन गर्दा सहयोग नगरेको र मास्क तथा स्यानेटाइजरको बिक्री बिल नराख्ने फार्मेसीलाई कारबाही गरेको हो। दुवै फार्मेसीलाई २०/२० हजार रुपैयाँ कारबाही गरेको विभागका प्रवक्ता शिवराज सेडाईंले बताए। उपभोक्ता संरक्षण विभाग, इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले बजार अनुगमन गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्