एसियाका दोस्रो धनी बन्दै भारतीय गौतम अडाणी
एजेन्सी। अडाणी गु्रपका चेयरम्यान गौतम अडाणी छिट्टै एसियाको दोस्रो धनी हुने ब्लुमवर्ग बिलियानायर इन्डेक्सले देखाएको छ। ब्लुमवर्गका अनुसार उनको नेटवर्थमा यो वर्ष २८.८ अर्ब डलर वृद्धि हुन पुग्यो। अहिले उनी ६२.६ अर्ब डलर नेटवर्थसहित संसारको १७औं धनी व्यक्ति हुन्। अडाणी एसियामा भारतका मुकेश अम्बानी र चीनका झोङ स्यानस्यानपछि तेस्रो नम्बरमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस्