सगरमाथा आरोहणबाट सरकारले उठायो ६६ करोडभन्दा बढी राजस्व
काठमाडौं। सरकारले चालु सिजनमा सगरमाथा आरोहणको लागि अनुमति दिँदा६६ करोड १३ लाख ४२ हजार९८७ रुपैयाँ राजस्व संकलन गरेको छ। कोरोना महामारीकाबीच पनि ठूलो संख्यामा आरोहीले यस सिजनमा आरोहणको लागि पयर्टन विभागबाट अनुमति लिएका छन्। विभागका अनुसार यो सिजनमा सगरमाथा आरोहणको लागि४३ समूहका४०८ जनाले अनुमति लिएका छन्। अनुमति लिनेमा ९२ महिला, ३१५ पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन्।
प्रतिक्रिया दिनुहोस्