प्रधानमन्त्री रोजगारअर्न्तगत १० अर्ब ३४ करोड स्थानीय तहलाई हस्तान्तरण काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १० अर्ब ३४ करोड रुपैयाँ स्थानीय तहहरुलाई हस्तान्तरण गरिएको जनाएको छ। सूचीकृत बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारी उपलब्ध गराउन स्थानीय तहलाई उक्त रकम दिइएको मन्त्रालयले जनाएको छ। तीन चरणमा गरी रकम प्रदान गरिएको हो। चालु आर्थिक वर्ष २०७७÷७८ मा उक्त रकमबाट २ लाख रोजगार सृजना हुने मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्