१० प्रतिशत बढ्यो बोटलर्स नेपाल (तराई)को सेयर काठमाडौं। बोटलर्स नेपाल (तराई)को सेयर मूल्य १० प्रतिशतले बढेको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ३७ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। यो विवरण सर्वाजनिक भएपछि आज कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो। प्रतिकित्ता ९१५ रुपैयाँले बढ्दै आज कम्पनीको सेयर मूल्य १० हजार ६५ रुपैयाँ पुगेर रोकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्