बेलायती अर्थव्यवस्थामा केवल डेढ प्रतिशत गिरावट एजेन्सी। कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको लकडाउन तथा अन्य क्रियाकलापमा प्रतिबन्धका बीच पनि बेलायती अर्थव्यवस्था पहिलो त्रैमासिकमा डेढ प्रतिशतमात्रै घटेको छ। बेलायतमा लकडाउन थोरै खुकुलो पार्नासाथ अर्थव्यवस्था वृद्धिदर २.१ प्रतिशत पुग्यो। बेलायतको अर्थव्यवस्थामा लकडाउनको कम प्रभाव पर्नुको कारणमा अधिकांश कारोबार अनलाइनमार्फत् हुनु हो। कोरोनाको पहिलो लहरका बेला २०२० मा लकडाउन भएपछि दोस्रो त्रैमासिकमा अर्थव्यवस्थामा २० प्रतिशत गिरावट आएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्