४ प्रतिशतले बढ्यो सुनको मूल्य
काठमाडौं। कोरोना महामारी सुरु भएयता सुनको मूल्यमा तीव्र वृद्धि आएको छ। गतवर्ष २०७६ सालको चैतदेखि २०७७ सालको चैतसम्म आइपुग्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिआउन्स सुनको मूल्य ४ प्रतिशतले बढेको छ। गतवर्षको चैतमा प्रतिआउन्स १६८०.६५ अमेरिकी डलर भाउ रहेको सुन, यो वर्षको चैतसम्म १७४७.९५ पुगेको छ। यसबीचमा बढेको मूल्य केही घट्दा ४ प्रतिशतको मात्र वृद्धि देखिएको छ।
प्रतिक्रिया दिनुहोस्