आन्तरिक उडानबाट ४०७ यात्रुको उद्धार काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै पोखरा, लुक्ला, सुर्खेत र नेपालगन्ज विमानस्थलबाट बिभिन्न वायुसेवाले ४०७ यात्रुको उद्धार गरेको जनाएको छ। १२९ आन्तरिक उडानमा उनीहरुको उद्धार गरिएको हो। कूल उडानमध्ये मेडिकल उद्धारका लागि ५५ उडान गरिएको मन्त्रालयले जनाएको छ। यस अवधिमा हिमालय एयरले ढाका-काठमाडौं कार्गो उडान गरी ६.३४ टन कोभिड सम्बन्धी स्वास्थ्य सामाग्री ल्याएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्