सिलिन्डर आयातमा केन्द्रीय बैंकको लचकता
काठमाडौं। नेपाल राष्ट्र बैंकले विदेशबाट अक्सिजन सिलिन्डर आयात गर्दा डलर सटहीमा लाग्दै आएको सिमा हटाइ दिएको छ। हालसम्म एलसी खोलेर सामान आयात गर्दा एक पटकमा ३५ हजार डलरको सिमा थियो। केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै अक्सिजन सिलिन्डर र अक्सिजनजन्य वस्तु ल्याउँदा डलर सटहीको सिमा हटाएको हो। कोरोनाको दोस्रो लहरका कारण यतिबेला नेपालमा अक्सिजनको चरम अभाव छ।
प्रतिक्रिया दिनुहोस्