सीईडीबी हाइड्रोको आईपीओ आज बाँडफाँड हुँदै
काठमाडौं। सीईडीबी हाइड्रोपावरको साधारण सेयर(आईपीओ)आज ११ बजे बाँडफाँड हुने भएको छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले भर्चुअलमाध्यमबाट सेयर बाँडफाँड गर्ने भएको हो। सीईडीबीले यही वैशाख १७ देखि २१ गतेसम्म २५ लाख १८ हजार २०७ कित्ता सेयर निष्कासन गरेको थियो। जसमध्ये, १ लाख १५ कित्ता म्यूचुअल फण्ड र ५० हजार ३६५ कित्ता कर्मचारीलाई छुट्याइएको थियो।
प्रतिक्रिया दिनुहोस्