चीनबाट साढे २२ सय सिलिन्डर ल्याउँदै मल्होत्रा
काठमाडौं। आईएमएस समूहका अध्यक्ष दिपक मल्होत्राले चीनबाट २२ सय ५० थान अक्सिजन सिलिन्डर ल्याउने भएका छन्। नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष समेत रहेका उनले सिलिन्डरको अर्डर दिएका हुन्। कोरोनाको दोस्रो लहर फैलिएपछि देखिएको अक्सिजन सिलिन्डर अभावलाई पूर्ति गर्न सिलिन्डर ल्याउन लागेको उनले बताएका छन्। मल्होत्राले यसअघि मास्क अभाव हुँदा १५ दिनमा उद्योग स्थापना गरेर उत्पादन थालेका थिए।
प्रतिक्रिया दिनुहोस्