कहिले चल्लान् त्रिपालले छोपिएका यी दुई रेल ?
काठमाडौं। वैशाख भित्रै जनकपुर–जयनगर रेल सञ्चालनमा ल्याउने तयारी सरकारको थियो। तर कोरोना महामारीले यो प्रभावित भयो। सरकारले भारतबाट २०७७ असोज ७ मा दुई रेल ल्याएको थियो। ल्याएपछिको ७ महिनादेखि धनुषाको खजुरी स्टेसनमा दुवै रेल थन्किएका छन्। सशस्त्र प्रहरीको सुरक्षामा त्रिपालले छोपेर राखिएको छ। नेपालले भारतीय कम्पनी कोनकन रेल्वेज कर्पोरेसनसँग ८५ करोड रुपैयाँमा दुई रेल खरिद गरेको थियो।
प्रतिक्रिया दिनुहोस्