गोवाको एक अस्पतालमा १५ कोरोना संक्रमितको मृत्यु बीबीसी। भारतको गोवास्थित एक सरकारी अस्पतालमा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। उनीहरुको मृत्यु अक्सिजन प्रेशर कम भएका कारण भएको आशंका गरिएको छ। बिरामीका आफन्तहरुका अनुसार गोवाको मेडिकल कलेस एण्ड हस्पिटलले अक्सिजनको प्रेशर सामान्य बनाउँदा उनीहरुको मृत्यु भइसकेको थियो। भारतीय समाचार संस्थाले अक्सिजन कम हुँदा उनीहरुको मृत्यु गए राती दुई बजेदेखि बिहान ६ बजेसम्मको बीचमा भएको जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्