देशभर ३४ हजार ८३७ सहकारी संस्था, परिचालित बचत ३ खर्ब ५१ अर्ब काठमाडौं। भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभर ३४ हजार ८३७ विभिन्न प्रकृतिका सहकारी संस्थाहरु रहेको जनाएको छ। ती संस्थामा ६५ लाख सदस्य संलग्न रहेका छन्। सहकारी संस्थाहरुको कूल शेयर पुँजी ७७ अर्ब २४ करोड र परिचालित बचत ३ खर्ब ५१ अर्ब पुगेको मन्त्रालयले जनाएको छ। सहकारी सिद्धान्तअनुरुप सहकारिताको विकास भए गरिवी निवारणमा मद्दत पुग्ने विश्वास मन्त्रालयको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्