साढे ५ सय अक्सिजन सिलिण्डरको लागि मध्यपूर्वका गैरआवासीय नेपालीहरुले जुटाए ७५ लाख
काठमाडौं। नेपालमा ५ सय ५० वटा अक्सिजन सिलिण्डर पठाउन मध्यपूर्वका गैरआवासीय नेपालीहरुले ७५ लाख रुपैयाा जुटाएको गैरआवासीय नेपाली संघले जनाएको छ। ओमानको लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको समन्वयमा उक्त कार्य भएको हो। सिलिण्डर लिनको लागि शनिबार नेपालबाट नेपाल एयरलाइन्सको जहाज ओमान जाने जनाइएको छ। सिलिण्डरहरु ओमानमा जम्मा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्