विगतमा कटान भएका काठदाउराको बिक्रि वितरण खुला गरियो काठमाडौं। सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएका वनमा विगतमा कटान भएका काठदाउराको संकलन, ओसारपसार तथा बिक्रिवितरण खुला गरेको छ। वैशाख २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले “व्यवस्थित वनबाट विगतमा नियमानुसार कटानमुछान, घाटगद्दी भई सम्पूर्ण प्रक्रिया पूरा गरी बिक्री भएका र क्रेताले भुक्तानी गरिसकेका तथा छोडपुर्जी मात्र दिन बाँकी काठ सम्बिन्धत पक्षलाई बुझाई ओसारपसारको इजाजत दिने व्यवस्था मिलाउने,” व्यवस्था गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्