अक्सिजन उद्योग र अस्पतालमा विद्युत नियमित आपुर्ति गर्न नेपाल विद्युत प्राधिकरण हाइअलर्टमा
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योगहरु र अस्पतालहरुलाई चौबिसै घण्टा निरन्तर विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था गरेको छ। अस्पताल र उद्योगहरुमा विद्युत वितरण हुने सम्पूर्ण फिडरहरुलाई हाई अलर्टको सूचीको वर्गीकृत गरिनुका साथै वैकल्पिक फिडरसमेत तयार गरिएको प्रधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलले बताए। निर्वाध विद्युत आपूर्तिका लागि बागमती प्रादेशिक कार्यालयका प्रमुख श्रीरामराज पाण्डेको संयोजकत्वमा सहायता कार्यदल गठन गरिएको छ।
प्रतिक्रिया दिनुहोस्