पारसले महामारीमा सहयोग गर्न कोष खडा गर्ने काठमाडौं। राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले कोभिड–१९ महामारी नियन्त्रणमा सहयोग गर्नका लागि कोष खडा गर्ने भएका छन्। खड्काले ट्विटरमा भिडियो राख्दै सबैलाई सहयोग गर्न आह्वान गरेका छन्। उनले ‘ह्यास ट्याग सेभ नेपाल अलाइन्स’ मार्फत कोष खडा गर्न लागेको बताए। उनले कोषमा जम्मा हुने रकमबाट आवश्यकताका आधारमा नेपालभर कुनै स्थानमा मेडिकल सामाग्री तथा अन्य मद्दत गर्ने बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्