विद्युत् प्रणाली सुधार गर्न प्रदेश नं २ मा चार अर्ब लगानी जनकपुर। प्रदेश नं २ का आठै जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता गरिएको छ। नेपाल विद्युत् प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच प्रदेशमा ग्रामीण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि करीब चार अर्बको ठेक्का सम्झौता भएको हो। आधुनिक उपकरणसहितका ३३/११ केभी, १६ दशमलव ६ एमभिए क्षमताका आठवटा सबस्टेसनको निर्माण गरिने प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले जनाएको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्