तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी काठमाडौं। मुलुकभरका कूल ७५३ स्थानीय तहमध्ये अब तीन मात्रै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन्। सबै स्थानीय तहमा वित्तीय सेवा तथा पहुँच पुर्‍याउने सरकारको योजना पूरा हुन लागेको छ। नेपाल राष्ट्र बैंककाअनुसार अब धादिङको रुवीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्