८ कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढ्यो
काठमाडौं। आज साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ८ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। रुरु जलविद्युत परियोजनाको १० प्रतिशत र अन्य ७ कम्पनीको सेयर ९ प्रतिशतभन्दा बढीले बढेको हो। आज नेप्सेले अलटाइम हाइ रेकर्ड बनाएको छ। बजार खुल्नसाथ बढ्न थालेको नेप्से देख्दा लगानीकर्तामा नयाँ सरकार बनेपछि मनोबल बढेको बुझ्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस्