सेयर बजारमा तीन नयाँ किर्तिमान
काठमाडौं। महिनाको पहिलो कारोबार दिनमा सेयर बजारले तीन वटा किर्तिमान बनाएको छ। अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज अहिलेसम्मकै उच्च कारोबार र अहिलेसम्मकै धेरै सेयर खरिद बिक्री भएको हो। ५४ अंक बढेर २७ सय ३८ बिन्दुमा पुगेको नेप्से यसअघि २७ सय ३७ अंकमा पुगेको थियो। यसैगरी पहिलोपटक नेप्सेमा आज १० अर्बको कारोबार भएको छ।
प्रतिक्रिया दिनुहोस्