कोरोना रोकथाममा निजगढ सक्रिय काठमाडौं। निजगढ नगरमा कोरोना नियन्त्रणका लागि नगरपालिका र स्थानीय प्रहरीले सक्रियता बढाएका छन्। आइसोलेसनमा अक्सिजनको कमी हुन नदिन नगरप्रमुख सुरेशकुमार खनाल र प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीलगायत स्वास्थ्य टोली फिल्डमा खटिएका छन्। नगरले १५ शय्याको आइसोलेसन कक्ष स्थापना गरेको छ। कोरोनाले निजगढका ६ जनाले ज्यान गुमाइसकेका छन् भने हालसम्म ५७ जना संक्रमित छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्