बैंकर्स संघले गर्‍यो डिजिटल कारोबारमा प्रोत्साहन काठमाडौं। नेपाल बैंकर्स संघले सेवाग्राहीलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरेको छ। एक सूचना जारी गर्दै संघले घरबाटै मोबाइल र इन्टेरनेट बैंकिङ कारोबार गर्न भनेको हो। सूचनामा भनिएको छ, 'एउटा खाताबाट अर्कोमा रकम स्थानान्तरण गर्न र बिल भुक्तानीलगायतका काम गर्न मोबाइल बैंकिङ गर्नुहोस्।' यसैगरी, सामान खरिद गर्दासमेत विद्युतीय भुक्तानीको प्रयोग गरेर नगद कारोबार घटाउन संघको आग्रह छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्