अप्रिलमा बढ्यो भारतको वैदेशिक व्यापार एजेन्सी। अप्रिल महिनामा भारतको निर्यात तीन गुणाले बढेको छ। सरकारी तथ्यांकअनुसार अप्रिलमा भारतबाट कुल ३०.६३ अर्ब डलरको निर्यात भएको छ। अघिल्लो वर्षको यही अवधिमा भारतबाट जम्मा १०.३६ अर्ब डलरको निर्यात भएको थियो। निर्यातसँगै भारतको आयात पनि दुई गुणाले बढेको छ। यस अवधिमा भारतले ४५.७२ अर्ब डलरको आयात गरेको छ। गत वर्षको अप्रिलमा १७.१२ अर्ब डलरको आयात भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्