महामारीको चपेटामा जाइराकप्टर कम्पनी
काठमाडौं। नेपालको एक मात्र जाइराकप्टर कम्पनी ‘हेली एयर’ कोरोना महामारीका कारण समस्यामा परेको छ। विदेशी पर्यटकलाई ‘माउन्टेन फ्लाइट’ गराउने कम्पनी झण्डै डेढ वर्षदेखि थन्किएको छ। हाल कम्पनीमा दुई वटा जाइराकप्टर छन्। जसमध्ये एउटा मेन्टेनेन्समा र एउटाले उडान भर्दै आएको छ। कम्पनीकाअनुसार पहिलेको लकडाउन खुल्दा फ्लाइटको समय घटाएर नेपालीलाई ‘माउन्टेन फ्लाइट’ गराएर थोरै आर्जन गरेपनि अहिलेको निषेधाज्ञाले फेरि समस्या आइपरेको छ।
प्रतिक्रिया दिनुहोस्