नक्कली पेजबाट सर्तक रहन शाओमीको आग्रह काठमाडौं। शाओमी नेपालले फेसबुकमार्फत आफ्नो कम्पनीको नाम र फोटो दुरुपयोग गर्दै नक्कली पेजबाट प्रयोगकर्ताको गोप्य विवरण चोरी भइरहेकाले सतर्क हुन आग्रह गरेको छ। कम्पनीले हालै आफ्नो आधिकारीक फेसबुक पेजमा एक सूचना पोष्ट गर्दै फेक पेजबाट सतर्क हुन अनुरोध गरेको हो। नक्कली पेजहरुबाट स्क्यामरहरुले प्रयोगकर्ताको व्यक्तिगत जानकारी र सूचना संकलन गरिरहेकाले त्यस्ता पेजहरुमा आफ्नो व्यक्तिगत जानकारीहरु शेयर नगर्न आग्रह गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्