३५ अस्पतालमा पठाइयो २ अर्ब ९५ करोड
काठमाडौं। स्वास्थ्य मन्त्रालयको आग्रहअनुसार अर्थमन्त्रालयले २६ केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पताललाई बजेट विनियोजन गरेको छ। मन्त्रालयले आज केन्द्रीय र प्रादेशिक गरी कुल ३५ अस्पताललाई २ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो। यो रकम ती अस्पतालको कोभिड–१९ को उपचार क्षमता अभिवृद्धि र स्वास्थ्य सामाग्री किन्न प्रयोग गरिने छ।
प्रतिक्रिया दिनुहोस्